माइक्रोसफ्टको विन्डोज ८ ले राख्यो गिनिज रेकर्ड

By
Advertisement
सफ्टवेर सम्बन्धि सबै भन्दा पुरानो कम्पनि माइक्रोसफ्टले गिनिज वर्ल्ड रेकर्डमा नया रेकर्ड राखेको छ |

माइक्रोसफ्टले आयोजना गरेको विन्डोज ८ को निर्माण प्रक्रियामा सफ्टवेर तयार गर्दा एकै ठाउमा धेरै जना सफ्टवेर निर्माणकर्ता (Developer)लाइ सहभागी गराएर रेकर्ड राखेको हो |



माइक्रोसफ्टले ब्याङ्गलोरमा आयोजना गरेको एपफेस्ट मा २ हजार ५ सय ६७ निर्माणकर्ताले आराम नगरिकन लगातार १८ घण्टा कोडीङ गरेका थिए | तर माइक्रोसफ्टले भने करिब ३५ सय निर्माणकर्ताको सहभागी हुने अपेक्षा राखेको थियो |

माइक्रोसफ्टले विन्डोज ८ को लागि चाहिने एप्लिकेसनहरुको निर्माण, डिजाइन, र परिक्षण लाइ बढाउने उदेश्यले यसको आयोजना गरेको थियो |

यसरि सबै भन्दा धेरै सफ्टवेर निर्माणकर्ताहरु एकै ठाउमा भेला भइ सफ्टवेर निर्माण कार्य गरेको हुनाले माइक्रोसफ्ट गिनिज वर्ल्ड रेकर्डमा सामेल भएको हो |

0 comments:

Post a Comment