
शुक्रबारको तुलनामा २ सय रुपैया घटेर आइतबार ५१ हजार २ सय मा कारोबार भएपछि सोमबार अझै घटने आशा गरिरहेका ब्यापारी अनि ग्राहकहरु नै अचम्मित हुने गरि सुनको भाउ एक्कासी बढेको छ ।
आइतबारको तुलनामा सुनको मूल्य १ हजारले बढेर सोमबार सुनको मूल्य ५२ हजार २ सय रुपैया प्रतितोलामा कारोबार भैरहेको नेपाल सुन चांदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको र डलर संगको नेपाली रुपयाको विनिमय दर पनि उच्च रहेकोले सुनको मूल्य यसरि बढेको ब्यबसायीहरु बताउछन ।
अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य हिजोको तुलनामा प्रति औँस २७ डलरले बढेर १३ सय २१ दशमलब ८५ डलर प्रति औँस पुगेको छ ।