डलर बढेपछि बढ्यो सुनको मूल्य ..

By
Advertisement

आइतबार देखि बुधबार सम्म लगातार घटिरहेको सुनको मूल्य बिहिबार भने केहि बढेको छ |

बुधबार ८५० रुपैयाँले घटेर प्रतितोला ४९ हजार ३ सय ५० भएको सुनको मूल्य आज बिहिबार १ सय ५० रुपैयाले बढेको छ |

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ४९ हजार ५ सय तोकिएको छ ।

हिजो भन्दा आज डलरको विनिमय दर बढे पछि सुनको मूल्य पनि बढेको हो ।

करिब एक महिना अघि मूल्य घटेर प्रति तोला ४९ हजार ७ सय रुपैयाँमा आएको सुनको भाउ बढेर ५३ हजार सम्म पुगेको थियो भने गत आइतबार देखि मात्रै घट्न थालेको थियो ।

सुनको मुल्यमा यस्तो उतारचढाव हुनुको कारण भने अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भएको उतारचढाव नै हो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपया बढी ८ सय रुपैयामा कारोबार भइरहेको छ ।