बढ्यो सुनको भाउ

By
Advertisement
एक हप्ता अघि देखि घट्दै आएको सुनको मूल्य आज आइतबार बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा भैरहेको उतारचढाव भएकोले नेपाल बजारमा पनि सुनको मूल्य घटबढ भएको सुनचादी ब्यबसायी बताउछन ।

बिहिबार भन्दा १४ सयले घटेर शुक्रबार प्रतितोला ४८ हजार १ सय भएको सुनको भाउ आइतबार फेरी बढेको छ ।

 शुक्रबार भन्दा तोलामा ४ सयले बढेर आइतबार सुनको मूल्य ४८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १२ सय ३७ डलर छ यस अघि भने १२ सय १२ डलर थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाले बढी ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।