
१० दिन सम्मको आन्दोलन पछि खुलेको सुनचाँदीको कारोबारमा आइतबार नै सुन २५ सयले घटेर ५० हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस दिन देखि नै घटना थालेको सुनको मूल्य सोमबार फेरी प्रति तोला १ सयले घटी ५० हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै आज मंगलबार पनि सुनको मूल्य घटेको छ । मंगलबार पनि सोमबारको तुलनामा २ सय ले घटी प्रतितोला ५० हजार २ सय रुपैयामा कारोबार भएको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार डलरको मूल्य बढे पनि अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको कारणले नेपालमा पनि सुनको मुल्यमा कमि आएको हो ।
महासंघका अनुसार आज मंगलबार अन्तराष्ट्रिय बजारमा प्रतिऔँस सुन १२ सय ७७ दशमलव ९६ डलर छ ।
त्यस्तै आज चांदी पनि तोलामा १० रुपैयाले घटेको छ । आज चादीको मूल्य प्रति तोला ८ सय १० रुपैया तोकिएको थियो, सोमबार भने चांदी प्रति तोलाको ८ सय २० तोकिएको थियो ।