राष्ट्रपतिलाई क्यान्सर भएको छैन : टोकियो युनिभर्सिटी अस्पताल

By
Advertisement
ठूलो आन्द्रामा समस्या देखिएपछि क्यान्सरको शंका गरि उपचारको लागि जापान लगिएका नेपालका राष्ट्रपति रामवरण यादवलाई क्यान्सर नभएको जापान स्थित राष्ट्रपतिको उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

पखाला लाग्ने, खानामन नलाग्ने जस्ता समस्याहरु भएपछि राष्ट्रपतिको नेपालकै धापासी स्थित निजी अस्पताल ग्रान्डीमा परिक्षण गरिएको थियो ।

ग्रान्डीमा परिक्षण गर्दा केहि चिकित्सकले राष्ट्रपतिलाई क्यान्सर हुन सक्ने शंका गरेका थिए भने कहिले क्यान्सर नभएको बताएका थिए । तर कसैले पनि यो रोग हो भनेर भन्न सकेका थिएनन ।
राष्ट्रपतिलाई लागेको रोग पत्ता लगाउन नसकेपछि चिकित्सकहरुको सल्लाहमा जापानको टोकियो युनिभर्सिटी अस्पतालको क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो ।

राष्ट्रपतिलाइ क्यान्सर नभएको पुस्टि गरिए पनि सोमबार उनको छातीको परिक्षण गरिएको थियो । सोमबार गरिएको उक्त परिक्षणको नतिजा आएपछि बुधबार सम्म राष्ट्रपति डिस्चार्ज हुने र शुक्रबार सम्म काठमाडौँ आइपुग्ने शीतलनिवास स्रोतले बताएको छ ।