
शुक्रबार सरकार संग भएको बार्तामा तिन बुदे सहमति भएको छ । बाणिज्य विभागका एक अधिकारिले तिन बुंदे सहमतिमा यस अघि अनुगमन गर्दा दोषि देखिएका व्यवसायीलाई कारबाही नगर्ने सहमती पनि भएको बताएका छन् ।
सहमति पछि खुलेको सुन बजारमा सुनचाँदीको भाउ घट्ने भएको छ । आन्दोलन सुरु गर्दा अर्थात् आज भन्दा १० दिन अगाडिको भन्दा भोलि -आइतबार सुनको भाउ झन्डै ३ हजारले कमि हुने भएको छ ।
१० दिन अघि ५३ हजार प्रतितोला रहेको सुन आइतबार भने ५० हजारको आसपासमा रहने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय बजार हेरेर व्यवसायी आफैँले सुनचाँदीको भाउ तोक्ने गरे पनि आन्दोलन सुरु भएपछि १० दिन सम्म नेपालमा सुनचादीँको भाउ पनि तोकेका थिएनन ।
शुक्रबार बार्ता सफल भएकोले केहि पशल सनिबार नै खुल्ने छन् भने नेपालको लागि भने भोलि आइतबार देखि व्यवसायीले दरभाउ तोक्ने छन् ।