
ललितपुरको धापाखेलमा रहेको जुगल बोर्डिङ स्कूलकि शिक्षिका राधा मिश्रले एल के जी मा पढ्ने पाँच बर्षिय बालिका एसमिरा बिष्टको कान निमोठेकी हुन् ।
बालिका मीराले धापाखेलको स्पेलिंग लेख्न नजानेको भन्दै शिक्षिका राधा मिश्रले यस्तो कार्य गरेकी समाचारमा उल्लेख छ ।
स्कुल बाट घर आउदा छोरीले कान दुख्यो भन्दै रुन थालेपछि तेल लगाएर घरेलु उपचार गरेको तर ठिक नभएपछि सुमेरु हस्पिटल लागेको बालिकाको बाबुले बताए ।
तर त्यहाँ उपचार गर्दा पनि निको नभएपछि शुक्रबार पाटन हस्पिटल ल्याइएको थियो । पाटन हस्पिटलमा जचाउदा कान पछाडिको सोइलिङ फुत्किएको र ब्लड जमेको भन्दै शुक्रबार नै अपरेशन गरिएको थियो ।
१५ दिन अघि नै यो घटना घटेको भए पनि आइतबारको पत्रिकाहरुमा यो खबर छापिएको छ ।
खोटाङबाट काठमाडौंमा आएर छोराछोरीलाई शिक्षा दिने सोच राख्दै राम्रो बिद्यालयमा पढाउन खोजेका बालकृष्ण र ज्योति अहिले निराश भएका छन् ।
यो घटनापछि जुगल बोर्डिङमा छोराछोरी पढाउने अभिभावकहरु निक्कै चिन्तित बनेका छन
स्कुलको प्रशासनलाइ घटनाको बारेमा जानकारी गराउदा कुनै वास्ता नगरे पछि बालकृष्णले बाध्य भएर न्यायका लागि अभिभावक संघ नेपालमा उजुरी गरेको बताए ।
उजुरी पछि शनिबार विद्यालय प्रशासन, अभिभावक संघ र छात्राकी आमा ज्योति विष्टबीच उपचार खर्च विद्यालयले बेहोर्ने र आगामी दिनमा मायालु शैलीमा बच्चालाई पढाउने सहमति भएको छ ।
Link: ear-pulling-punishment-by-teacher