
बोटलर्सका दुई उत्पादन कोकाकोला र स्प्राइटमा फेरी पनि चकलेटको खोल र लेदो भेटिन थालेको छ ।
काठमाडौंको तीनकुने सुबिधानगरका प्रेमराज देवकोटाको पसलमा डिलरबाट ल्याएको २५० एम एल को कोकाकोला र स्प्राइटको बन्द बोतलभित्र चकलेटको खोल र लेदो भेटिएको हो ।
यसरी अखाद्य बस्तु भेटिएपछी कम्पनी माथि आवश्यक छानविन गर्न माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी गरेको छ ।
मञ्चले अखाद्य वस्तु पाइएको कोकाकोला र स्पाइटको बन्द बोतल पनि विभागमा बुझाएको जानकारी दिएको छ ।
यद्यपि बोटलर्स नेपालको उत्पादनमा अखाद्य बस्तु भेटिएको यो नै पहिलो पटक भने होइन, यस अघि पनि पटक पटक बन्द बोतलमा परागका खोल, चकलेटका खोल, लेदो, फलामको किला भेटिएको थियो ।
तस्बिर: उज्यालो अनलाइन