
उक्त म्युजिक भिडियोमा सहिमा श्रेष्ठ को साथमा नेपाली फिल्मका चर्चित नायक जीवन लुइटेल मोडेल को रुपमा देखा पर्ने छन भने मोडेल सुप्रिया कटवाल पनि भिडियोमा देखा पर्नेछिन ।
भिडियो को सिनेमेटोग्राफी बिदुर पाण्डेय को छ भने कोरियोग्राफी निर्मल गुरुंग को रहेको छ ।
भिडियो लाई समन अधिकारी ले निर्देशन गरेका हुन । गायिका सहिमा श्रेष्ठका पहिलेका गीत हरु र भिडियो हरु भन्दा धेरै भिन्न रहेकोले यो गीतको म्यूजिक भिडियो राम्रो प्रतिक्रिया पाउने बिस्वास निर्माता निर्देशक को छ ।
- Srikrishna Bhattarai