बम विस्फोटपछिको राजधानी

By
Advertisement

यी नै हुन देपराज लामा (विश्वक्रान्ति)
सोमबार दिउँसो करिब १ बजेको समयमा सिंहदरबार अगाडी मानिसहरुको संख्या सदा भन्दा कमै भए पनि आ-आफ्नै काममा व्यस्त देखिन्थ्यो । कोही चिया गफमा त कोही अफिसको काम थिए !  त्यतिबेला कसले
सोचेको थियो र सुरक्षा घेरा भित्रकै स्थान सिंहदरबार अगाडी नै बम पड्काइएला भनेर ?

तर देशको मुख्य प्रशासनिक केन्द्र अगाडी बबर महलस्थित नेपाल आयल निगमको मुल गेटमै बम पड्काइयो र तीन जनाको ज्यान गयो भने आधा दर्जन भन्दा बढी घाइते भए ।


सो घटनाका विषयमा प्रहरीले पूर्व कुनै सुचना समेत पाएन । यसरी कहिले घण्टाघर अगाडी प्रहरीकै सामुन्ने गोलि चल्छ । कहिले सिंहदरबार आसपासमै दिउँसै बम पड्किनुले शान्ति सुरक्षाप्रति प्रश्न उब्जिएको छ ।

घटनापछि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सो घटनामा विश्वक्रान्ति भनिने देपराज लामा नै संलग्न रहेको भन्दै उनलाई पक्रन सार्वजनिक सुचना गरेको छ । यसअघि उनी पक्राउ परेपनि राजनीतिक आवरणमा छुटेका थिए । 

घटनापछि सिंहदरबार प्रवेशमा चेकजाँच कडाई गरियो । तर अन्यत्र सर्वसाधरणले ढुक्कले हिड्न सकेका छैनन् । किनकी राजधानी सन्त्रासमा गुन्जिएको छ। 

प्रहरीका अनुसार ३५ वर्षिय देपराज लामा (विश्वक्रान्ति)  धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका स्थायी वासिन्दा हुन् । ५ फिट ३ इन्च उचाई र गहुँगोरो वर्णका लामा यसअघिपनि प्रहरीको कारबाहीमा परेर छुटेका थिए । उनको बारेमा सुचना दिनका लागि मो.नं. ९८५१२८००१७ , ९७४१२२३१००, ९८५१०२५७९९ र ९८५१०३४३१३ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । 

बम विस्फोटन पश्चात विशवक्रान्ति बताउने लामाले सञ्चारकर्मीहरु फोन गरेर आफूले घटना घटाएको र भविष्यमा यो भन्दा ठूला घटना घट्ने चेतावनी समेत दिएका थिए ।

सो घटनाको मानविय क्षति भने यस्तो छ :

मृत्यु हुने ब्यक्तिहरु:
१. जि.धादिङ बैरनी घर भएको अं वर्ष- ३४ को कृष्ण तामाङ (घटनास्थलमा मृत्यु)
२. नाम थर वतन नखुलेको अं वर्ष- ६५/७० को (घटनास्थलमा मृत्यु)
३. जि.धादिंङ बैरेनी-६ र भएको वर्ष- ७० को मानबहादुर तामाङ (अस्पतालमा मृत्यु)

घाइते:
१. वतन नखुलेको अं वर्ष- ३५ को सोम तामाङ, अबस्था – बोल्न नसक्ने (गम्भीर) ।
२. जि.भक्तपुर ताथली-४ बस्ने वर्ष-४५ को रघुनाथ खड्का, अबस्था – सामान्य ।
३. जि.धादिङ वैरनी-१ घर भएको वर्ष- ६५ को लालबहादुर तामाङ, अबस्था – सामान्य ।
४. जि.कैलाली धनगढी बस्ने बर्ष- ४० को विण्णु फुलारा, अबस्था – सामान्य।
५. जि. ललितपुर लुभु बस्ने बर्ष- २० को वासु श्रेष्ठ, अबस्था – सामान्य।
६. जि.अछाम मास्टामाण्डौं-२ बस्ने बर्ष-४० को मान .ब. कुँवर, अबस्था – सामान्य।
७. जि.अछाम मास्टामाण्डौं-२ बस्ने बर्ष-२१ को भिम ब. कुँवर, अबस्था – सामान्य।


0 comments:

Post a Comment