अहिल्लो हप्ताको अन्तिम दिन सुक्रबार तोलाको ४९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको सुन आज आइतबार ४८ हजार ६ सयमा कारोबार भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको जनाएको छ ।यस्तै चादीको मूल्य भने आज प्रतितोला ८ सय रहेको छ । चाँदी गत हप्ताको अन्तिम दिन शुक्रबार भन्दा तोलामा १५ रुपैयाले घटेको छ ।
