विमानस्थल मै जल्यो बिमान ( फोटो र भिडियो सहित )

By
Advertisement
अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा एक बिमान दुर्घटना भएको छ । दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको उक्त बोईङ ७७७ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

उक्त दुर्घटनामा परि कम्तिमा २ जनाले ज्यान गुमाएका छन् भने भने दजनौं घाईते भएका छन् । विमानमा १ सय ४१ चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी गरि जम्मा २ सय ९१ यात्रु र १६ जना चालक दलका सदस्य रहेका थिए ।

यात्रुहरु मध्ये १ सय ९० जनालाई सकुशल उद्दार गरिएको थियो । ४९ जना घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । सोसल मिडियामा पोस्ट भएका तस्बिरमा आगो लागेको विमानबाट हामफालेर यात्रु हरु सुरक्षित हुनको लागि दौडिरहेको देख्न सकिन्छ ।

विमानस्थलको बारमा बिमान ठोक्किदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा अनुमान गरिए पनि दुर्घटनाको वास्तबिक कारण के हो भन्ने खुल्न सकेको छैन ।