तनहुमा बस खस्दा १२ को मृत्यु , हेर्नुहोस भिडियो ..

By
Advertisement
तनहुँको मादी नदीमा बस खस्दा अहिले सम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको यात्रुवाहक बस शनिबार दिउसो पृथ्वीराजमार्ग अन्तर्गत दमौलीको मादी पुलबाट नदीमा खसेको थियो ।

बस पूर्ण रुपले पानीमा डुबेको थियो । नेपाली सेना, प्रहरी, स्थानीयवासी सक्रिय रुपमा उद्दारमा जुटेका छन ।



मृत्यु हुनेमा ६ पुरुष, दुई महिला र एक बच्चा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकहरुको अहिले सम्म सनाखत भएको छैन ।

दुर्घटनामा परि घाइते हुनेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ ।

सडकमा बाटो काट्न लागेको बच्चालाइ जोगाउन खोज्दा बस अनियन्त्रित भइ सडकबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 यो बसमा कति यात्रु थिए भन्ने बारे यकिन जानकारी नभएको प्रहरीले बताएको छ ।