१७ करोड ५० लाख मूल्य बराबरको सुन बरामद , हेर्नुहोस भिडियो ..

By
Advertisement
चीनको खासा बाट नेपाल हुदै भारत लैजान लागिएको ३५ किलो सुन आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बरामद गरेको छ । आज बिहान ५:३० बजे राजधानीको कोटेश्वरबाट उक्त ३५ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले उक्त सुन बिस्कुटको आकारमा ३५ टुक्रा रहेको र प्रत्यकको तौल १ १ किलो रहेको जनाएको छ । उक्त सबै सुनको मूल्य बुधबार ( आज)को मूल्य अनुसार करिब १७ करोड ५० लाख पर्ने पनि प्रहरीले बताएको छ ।


चीनको खासाबाट तातोपानी नाका हुदै सामान लिएर आएको बा ३ प २५७० नम्बरको कन्टेनरको अघिल्लो भागमा फल्स बटम बनाइ लुकाइएको अबस्थामा उक्त परिमाणमा सुन फेला परेको थियो ।
१६ हजार ७ सय सहित केहि मात्रामा बिदेशी मुद्रा पनि भेटिएको भनिएको उक्त कन्टेनरमा पाइएको सुन तस्करी गर्न ठुलै समूह र विभिन्न तहका व्यक्तिको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

तातोपानी भन्सार कार्यालयले सिलबन्दी गरेको उक्त कन्टेनरमा कुन ब्यापारीको के सामान छ भने पनि नखुलेको प्रहरीले बताएका छन् ।

सुराकीले तातोपानी हुदै काठमाडौँ आइरहेको उक्त कन्टेनरमा ठुलो मात्रामा अबैध सुन छ भन्ने सुराख दिएपछि कन्टेनरको पिछा गरेको प्रहरीले जनाएको छ ।





Police confiscate 35 kg smuggled gold