ADSL मा आउने यस्ता समस्या यसरि समाधान गरौँ

By
Advertisement
हाललाई नेपाल टेलिकमको तारबाट मात्र कनेक्सन लिन मिल्ने ADSL को इन्टरनेट सेवा नेपालमा सबै भन्दा धेरैले प्रयोग गर्ने गर्दछन ।

ADSL मा निक्कै समस्या आइरहेको र प्रयोग कर्ताले धेरै समस्या भोग्दा पनि टेलिकमबाट राम्रो सपोर्ट नपाएको गुनासो पनि धेरै नै सुनिने गरिन्छ ।

त्यसो त टेलिकमले सपोर्टको लागि भनेर दिएको नम्बर 5010721, 5010722, 5010727 मा कहिले कहिँ मात्र फोन उठ्छ, प्राय सधै व्यस्त हुने यी नम्बरमा फोन नै नलाग्ने, फोन लागे पनि नउठ्ने, बल्ल उठे पनि सपोटको लागि बसेकाको प्राय सधै दिने जवाफ हो: राउटर लिएर पुल्चोक आउनुहोस|( मैले ललितपुरबाट फोन गर्दा है, अन्त के हुन्छ त्यो थाहा छैन ) ।

टेलिकमले ADSL सेवा सुरु गरे देखि नै मैले यो सेवा लिइरहेको छु । म एउटा प्रयोग कर्ता मात्र हु, यहाँ आफुले भोगेका कुराहरु, र जानेका कुराहरु लेख्दै छु ।

ADSL मा आउने समस्या ?

ADSLमा आउने समस्याहरु साधारणतया सामान्य नै हुन्छन, ती समस्या सजिलै समाधान गर्न सकिने खाले हुन्छन । तर थाहा नहुदा हामीलाई सामान्य समस्या पनि बिकराल लाग्छन ।



इन्टरनेट नचलेमा :
१) ADSL र फोनमा राख्ने तार स्प्लिटरमा सही तरिकाले नजोड्नाले, स्प्लिटरमा फोन लेखेको ठाउबाट फोन सेट मा तार जोड्ने र ADSL लेखेकोमा ADSL राउटरमा तार जोड्ने गर्नु पर्दछ । तार उल्टो जोडिएमा राउटरमा ADSL/ DSL बत्ति बल्दैन, Data को बत्ति त बल्ने कुरा नै भएन ।

२) ADSLको समय अबधि सकिएको छ छैन जांच गर्नुहोस ।

३) घरमा रहेको तारमा कुनै ठाउमा नाङ्गो भाग छन् कि हेर्नुहोस । नाङ्गो तार को कारणले पनि इन्टरनेट नचल्ने हुन्छ ।


घरि घरि मात्र इन्टरनेट चल्ने वा बेला बेलामा डिसकनेक्ट भैरहने

धेरै जसोले भोग्ने समस्या यहि नै हो । चलाउदा चलाउदै डिसकनेक्ट हुने समस्या । यो समस्या प्राय यी कारणहरुले गर्दा हुन्छ:

१)घरमा ल्याइएको मेन लाइनमा स्प्लिटर भन्दा अगाडी नै तार जोडी फोनमा जोडिएको भए फोन चलाउदा इन्टरनेट डिसकनेक्ट हुन्छ ।

२)इन्टरनेट चलाउन प्रयोग गरिने राउटरले गर्दा पनि यो समस्या उत्पन्न हुने गर्दछ । बजारमा पाइने सस्तो चाइनिज राउटरको एडेप्टर को कारण ले पनि डिसकनेक्ट भइ रहने समस्या आउछ । प्राय: धेरैको इन्टरनेट डिसकनेक्ट हुने समस्या मुख्य यहि नै हो ।

३) नेपाल बिधुत प्राधिकरणले दिनु पर्ने २००/ २२० भोल्ट कहिले पनि पुरै दिदैन । प्राय: जसो २०० भन्दा मुनि १९०, १८०, १७५, भोल्ट सम्म आइरहेको हुन्छ । भोल्टेज अति फ्लक्चुएसन (तलमाथि ) भैरहने हुदा ती राउटरमा दिइएका एडेप्टर कमसल भएकाले फ्ल्क्चुएसन् हुदा ( कम-बढी भोल्ट आउदा) राउटरलाइ रि-स्टार्ट गरिदिन्छन । यसरि रि-स्टार्ट हुदा इन्टरनेट कनेक्सन डिसकनेक्ट भएको हुन्छ । हामी मध्ये धेरैले यो कुरा ख्याल गरेको हुदैनौं । (मुख्य समस्या- )

४) कहिले कहिँ भने पोर्ट ब्याण्ड भएको हुन्छ र त्यस्तो हुँदा पनि इन्टरनेट चल्दैन । त्यसको अवस्था चाहि हामी प्रयोगकर्तालाई थाहा हुदैन । केवल नेपाल टेलिकमका एडीएसएल सपोर्ट मा बसेकाहरुलाई नै थाहा हुन्छ ।

के के गर्न सकिन्छ त राम्रो संग इन्टरनेट चलाउन :

१) सके सम्म घरमा जोडिएको फोनको तार (मेन लाइन सहित) नाङ्गो नराख्ने,
२) पाओर एडेप्टरको समस्या समाधान गर्न को लागि :-
राम्रो एडेप्टर किन्ने, युपीएस चलाउनु हुन्छ भने राउटरलाइ युपिएसको कनेक्सन भित्र बाट चलाउने, ( हिजो आजका युपीएस मा इन्भर्टर र युपीएस २ मोड हुन्छन, युपीएस को मोड प्रयोग गर्नुहोस )

Keshab Ghimire