
नेपाल सुन चांदी ब्यबसायीका अनुसार बिहीबारको लागि छापावाल सुनको मूल्य प्रति तोला ५० हजार ४ सय रुपैया तोकिएको छ भने तेजाबी सुन प्रति तोला ४९ हजार ५० रुपैया मा कारोबार भैरहेको छ ।
बुधबार भने मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५०० घटेको थियो । त्यस्तै चाँदीको मूल्य पनि बिहिबार २० रुपैया बढेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
पछिल्ला दिनहरुमा सुनको मूल्य अस्थिर रहिरहेको छ ।