
करिब ३ बर्ष अघि नेपालमा यहि मुल्य बराबरमा सुन पाइन्थ्यो । झन्डै २ महिना अघि सुनको मूल्य ४८ हजार ६ सय ९७ रुपैया मा झरे पनि फेरी बढेको थियो ।
नेपाल सुनचांदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य अन्तर्राष्ट्रिय बजारको सुनको भाउ र नेपालमा डलरको बिनियम दरमा उतारचढाव आएको कारणले गर्दा सुनको भाउमा यसरी तल माथि भइ रहेको बताउनु हुन्छ ।
यो हप्ताको सुरुको दिन आइतबार सुनको मूल्य ५० हजार ५०० रहेकोमा साताको अन्तिम दिन शुक्रबार सम्ममा २४ सयले घटी ४८ हजार १ सय मा झरेको छ । यसरि सुनको मुक्य एक हप्तामै २४ सय रुपैयाले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ बिहिबार भन्दा घटेर प्रतिऔंस १२ सय १२ डलर छ र डलरको विनिमय दर भने ९६ रुपैया छ ।
शुक्रबार चांदीको मूल्य ३० रुपैयाले घटेर प्रति तोला ७ सय ७ सय ९५ तोकिएको छ ।