
फोटो पत्रकार शैलेन्द्र खरेलले खिचेको तस्बिर फोटो कथा र समाचार बिधामा पनि उत्कृष्ट भएको छ । तिन वटा विधामा उपाधी जितेपछि शैलेन्द्रले १ लाख ६० हजार नगद पुरस्कार पाउने भएका छन् ।
यस प्रतियोगिताको लागि देश भरबाट ७ हजार ५ सय ४९ फोटोहरु प्राप्त भएका थिए । बरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छनौट गरेको यस प्रतियोगितामा ९ सय ३८ जना ब्यवसायिक र ७ हजार ५ सय ४९ जना सर्वसाधारणले फोटो पठाएका थिए ।
यस प्रतियोगिताका प्रत्येक विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने फोटो पत्रकार क्लबले जनाएको छ ।
फोटो पत्रकार क्लवको उपाधि पाउनेहरुलाइ असार २६ गते एक विशेष कार्यक्रम गरेर उपाधी वितरण गर्ने बताएको छ ।
फोटो अफ दि इयर र केहि बिधामा उत्कृष्ट फोटोहरु हेर्नुहोस् :

फोटो प्रतियोगितामा उत्कृष्ट हुन सफल शैलेन्द्र खरेलले खिचेको ‘फोटो/ फोटो आफ द इयर उपाधि प्राप्त फोटो । शैलेन्द्रले यो तस्बिर मुस्तांगको लेतेमा खिचेका थिए

समाचार विधामा प्रथम हुन सफल शैलेन्द्र खरेलले खिचेको तस्बिर ।

समाचारविधामा दोस्रो भएको फोटो । यो तस्बिर फोटो पत्रकार अशोक दुलालले खिचेका हुन् ।

खेलकुद विधामा उत्कृष्ट हुन सफल यो तस्बिर पार्वती लामाले खिचेकी हुन् ।

.jpg)
फोटो कथा विधामा पहिलो स्थान पाएको यो तस्विर शैलेन्द्र खरेल ले खिचेका हुन् ।

प्रकृति र वन्यजीवन विधामा पहिलो हुन सफल यो तस्विर दिपेन्द्र महर्जनले खिचेका हुन् ।

कल्चर एण्ड टुरीजम विधामा प्रथम हुन सफल यस तस्विरको फोटोग्राफर हुन् संजोग मानन्धर ।


सुरज श्रेष्ठले खिचेको यो तस्बिर दैनिक जीवन विधामा पहिलो भयको छ ।

पद्मसागर कक्षपतीlले खिचेको यो तस्बिर दैनिक जीवन विधामा दोस्रो भएको छ ।
Link: Kharel-wins-Photo-of-the-Year