लौ भन्नुस ठुलो भिखारी को त ?

By
Advertisement
हर समय हर महिना एकै नाशले बाबा बैधनाथको दरवारमा दर्शन गर्न जाने मानिसहरुको घुइचो त् हुन्छ नै चाहे त्यो सुतेर दण्ड नतमस्त हुदै जाने हुन् वा हिड्न नसकेर दुइ जनाले डोली बनाएर काधमा बोकेर लाने हुन् । बाटामा देखिने बसका भिड अनि धनीहरुका कार र जिप,त्यस्तै लस्कर भएर हिडी रहेका दौडी रहेका मानिसहरुको भिडले हजारौ किलोमिटर हिडेर जाने ब्यक्तिहरुको अनुहारमा देखिएको उत्सुकताले अति नै मन प्रफुल्ल र आन्नदको अनुभूति हुने गर्दछ ।

त्यस्तो भिडमा सबैको मुखबाट निस्कने उही बाबाको नाम बोलबम बोलबम ,..त्यै पनि साउनको बेला त घुइचोको के बर्णन गरु म .!.!.प्राय नेपाल र भारत लगायत बिभिन्न देशहरुबाट आएका टुरिस्टहरुको पनि रंगिन भिड त्यति नै देखिने गर्दछ । गरिब होश वा धनि सबैको प्राय एकै खालका कपडा हुने गर्दछन । राता,र पहेला,उही कामुर एकै ठाउबाट बोकिने गङ्गा जल, अनि दर्सनियामा गएर बिसाउने बास । सबैले दर्सनिया मा पुगेर बाबाको सुनको पहेलो धप धप परेको गजुर देखे पछि बास बिसाउने र दुई हात जोडेर श्रद्धाले कामना गर्ने गर्दछन ,भलै महगा र सस्ता कामुर हुन् वा कपडा तर जाने त् उहि आचल थाप्न हुन् सबै !

सुल्तान गंज देखि कमुर्मा गंगा जल भरेर बाबाको चरणमा आफुले गरेको भाकल पुरा भए पछी हर्षले आभार प्रकट गर्न जानेको भिड होश वा आफ्नो इच्छा भएको मनोकामना माग्न जानेको भिड होश ।
सबैले नाङ्गा खुट्टा र निधार वा टाउकोमा बोलबम लेखेका कपडा अनि राता र पहेला भएर झिलमिल कमुर्मा दुवै पट्टी गङ्गा जल बोकी अति नै उत्साह हुदै अरुलाई पनि जाऊ जाऊ लाग्ने गरि आकर्षित पाराले दर्शकहरु लस्कर भएर एक्कै स्वरमा बोलबम बोलबम भन्दै .दौडी रहेको देख्दा ...आहा जसरी कमिलाको तातीलाइ हेर्दा जति शोभायमान र आन्नद देखिन्छ ठिक त्यस्तै यी दर्शन गर्न जाने दर्शकहरु पनि दौडी रहेको देख्छु । विभिन्न किसिमका दुख ,शुख ,रोग ,शोक, कष्ट,भावहरु बोकेर आ-आफ्नो मोनोकमाना बोकेर दर्सन गर्न बाबा बैधनाथ को चरणमा जाने सङ ठुला,धनि गरिब,,करोड पति सबै केहि क्षण उस्तै देखिन्छ, ।

धेरै धेरै टाढाबाट आउने भक्तजनहरु आफ्नो मनोकामना पुरा होश भनेर घन्टौ सम्म एकबद्ध भएर आफ्नो झोली फैलाएर बोलबम बोलबम भन्दै हातमा जल बोकी बाबाको चरणमा जल चढाउँन आतुर भएर उभिएका हुन्छन । धेरै थरिका भक्तजनहरुको भिड हुन्छ त्यहा कोहि आफ्नो मनोकामना पुरा भएर भाकल खुशीले चढाउँन जाने हुन्छ त् कोहि बिजनेस व्यापार फैलाओश ,प्रगती गर्न सकु भन्ने हुन्छ कोहि सन्तानको लागि आचल फैलाउने हुन्छन त् कोहि देश बिदेशमा फसिएका रुपैया पैसा पाइयोश त् कोहि रोग हटेर जओश भन्ने हुन्छन त कोहि सबै भन्दा ठुलो अफिसर,हु धन सम्पति कमाएर नाम कमाउ त् कोहि आफु बिदेश गएर सम्पति आर्जन गर्न सकु , आफ्नो दुख बाट प्रगति गर्न सकु भनेर पनि जाने हुन्छन ।

यस्तै हजारौ ,लाखौ भक्तजनहरु आफ्नो मनोकामनाको लागी मन्दिरको द्धारमा जसरी भिड लगाएर बसेका हुन्छन , त्यस्तै कतियौ मन्दिरको गेट देखि नै मागेर खाने को भिड लस्कर भएर पर्खेर बस्ने भिखारीहरू पनि लहरै बसेका देखिन्छन ।

एक दिनको कुरा हो साउनको सोमबार पहेलो बस्त्र नाङ्गो खुट्टा र उही सबैले लिने हातमा गङ्गा जल लिएर एक जना अति नै धनि सेठ दुइ चार जना अगाडी पछाडी लिएर बाबाको दर्शन गर्न आफ्नो मनोकामनाको लागी त्यहा आउछ । उसलाई देख्ना साथ त्यहाका मान्ने मन्दिरका पण्डितहरु पनि बाहिर आएर उ मालिक आउनु भयो बाटो छोड भन्दै लिन आउने गरेको देखिन्छ । मन्दिरको लागी केहि गरि दिने होश वा पण्डितहरुको लागी पैसाले झोली भरि दिने होश आफु सेठ भएको र सबैले मान्ने अभिमानले उसले मालिक केहि दिनुस ,हजुरको मन ठुलो छ भनेर दुवै हात जोडी रहेको एउटा अपांग माग्नेलाई ,.जो एक छाक रोटीको आशामा बसेको भिखारिहरुलाई त्यहा बाटो बाट हटाउने रिसाउदै आदेश दिन्छ । के हो यस्तो मन्दिरको वरिपरी जता त्यतै भिखारीहरू ....? ल यहा बाट सबैलाई निकाल .. ।

सेठ नजिकै भिखारीहरु भएको ठाउमा गएर ठुलो स्वरले बोल्छ,.....! ए भिखारी ! तिमीहरु यहा के गर्दैछौ ? किन भक्तजनहरु दर्शन गर्न आउने मन्दिरको चारै तिर खुट्टाले हिड्दा पनि कुल्चिने गरेर ठाउ ओगटेर भिड लगाएर बसेको हा ..? यस्ता हट्टा कट्टा हुनेले त् कुनै ठाउ , शहर तिर गएर काम गरेर पो खानु पर्छ त् ! के को लागी सधै यहा भिड लगाएर सकेका हुन् ह ?

हात थाप्नाले , भिख माग्नाले , उनीहरु भिखारी कहलिए ! बसेर मागेर मात्र खान किन यिनीहरुलाई यति आनन्द आएको हो ? हामी जस्ता धनि सेठ नहुने हो भने यिनीहरु तथा यिनका बच्चा बच्ची भोक भोकै मर्छन ,हो कि हैन भिखारी ?!" सेठले शिरलाई ठाडो पार्दै सबैको सामु अभिमानले बोल्यो ।

यस्तो अभिमान ,अहमता पूर्ण सेठ बाबाको दर्शन गर्न आउदा उनीहरुलाई कसिंगर झैँ बढारेर फलुला झैँ गरेको देख्दा र शेष नागले झैँ डस्ने स्वास बोलेको सुन्दा ,सेठको अहमताको अन्धो आखालाई प्रकाश पूंज बनाउन ,एउटा खुट्टा भरि कोढ़ भएको तर शरीरको पुष्ट देखिने भिखारीले सुमधुर स्वरमा मुसुक्क हासेर सम्मान गर्दै भन्यो " सेठ जी ! यो बाबाको द्धार मा आउने जति सबै मानिसहरु भिखारी त् हुन् नि ! हामी त अति नै साना भिखारी मालिक ,केवल बाबा बैधनाथ संग दिन भरि प्रार्थना गरेर मात्र एक समयको खानाको लागी कामना गरेर भिक्षा माग्द्छौ ! तर हजुरहरु जस्तो सेठ धनि भिखारी हरुको त् कहिलै जति नै भए पनि पेट नै भर्दैन ,मन नै पूर्ण हुदैन त् ? त्यसैले त् हरेक पल्ट जीवनमा आफ्नो परिवार राम्रो शुखमय होश ,सधै सबै भन्दा बढी धन आर्जन गर्न सकु सबैले आफुलाई मानुन भन्दै लाखौ बाट नपुगेर करौडौ को इच्छा राखेर कामना गर्न आउनु हुन्छ !' लौ भन्नुस हैन भने के को लागी यहा ......? लौ भन्नुस हजुर आफै... को चाही ठुलो भिखारी हो..? हजुर कि .....म ?"

भिखारीले यस्तो तिखो कडा बचन हास्दै मिठो स्वरमा नम्र पाराले बाण हानेको देखेर एक छिन रिसले चुर्ण भएको सेठको अनुहार भरि पसिनाको खोलो बग्यो । निधार भरि खल खल आएको पसिनालाई काइलो औलाले पुछ्दै उसलाइ आत्मा गलानी मन भित्र देखि भएर आयो । अनि बास्तबिक सच्चाईलाई उसले स्वीकार गर्यो । यो भिखारीले अहम भएको मेरो अन्धो आखा खोलि दियो , झसंग भएर उ झस्कियो . । सेठ नम्र हुदै भन्यो ओहो आज सधै मागी खाने भिखारी भनेर हेला गर्ने ले मेरो आखामा नयाँ ज्योति दिने काम गर्यो । आजको अन्धोधन र अहमताले भरिएको यो अभिमानलाई सहि दिशा देखाई दिने यी दुखि ,असाहय मागेर आफ्नो परिबार, बच्चाको जीविका कष्टमय बिताउदै आएका ,हर खुशीहरुमा बाबाको चरणमा अर्पर्ण गर्ने र जो पायो जति पायो त्यसैमा बाडी चुडी खाएर आफ्नो हातलाई शिरानी बनाइ ,त्यहिको रुखको शितल हावा संग भुइलाई ,धर्तीलाई बिछौना सम्झेर एकले अर्का लाई हातले लपेटि मिठो निद्रामा बाबालाई भोलिको कामना गरेर सुत्नेको खुशी ठुलो रैछ, उनीहरु हामी भन्दा धनि र सन्तुष्ट रैछन भन्ने सेठ को मन भरिएर आयो उसलाई सबै ति भिखारीले भनेको कुरा सत्य लाग्यो अनि उसले भन्यो यिनीहरु भिखारी हैन रैछन । यिनीहरुको पेट भर्ने आवश्यकता मात्र रैछ बाच्नको लागी ...? तर म ...! , सेठ को जीवनमा सहि दिशा बोध गराई दिएको हुनाले त्यहा भएका भिखारिहरुलाई सेठले आफु संग भएको धन दौलत सबैलाई खुशी भएर बाडी दियो र उनीहरु प्रति कृतज्ञ हुदै बाबा बैधनाथको चरणमा प्रणाम गरि आफ्नो परिवार लिएर अहम्तालाई छाडी सकुशल रह्यो ।


निशा खनाल अर्याल,
हाल इजरायल,


Link : who is biggest beggar