चार बर्षमा एक पटक आयोजना हुने ओलम्पिक खेल आज बेलायतको लन्डन मा सुरु हुदै छ | आज बेलुका नौ बजे भब्य समारोह बिच ओलम्पिक पार्कमा तीसौ ओलम्पिक उद्घाटन हुने भएको छ | म संसारकै उत्कृस्ट खेलाडी हुँ भन्ने देखाउन खेलाडीहरु औतुर देखिन्छन |यसपटकको ओलम्पिक खेल आयोजना गर्ने बेलायतले यो भन्दा पहिला सन् १९०८ र १९४८ मा पनि ओलम्पिक खेल आयोजना गरिसकेको छ |
ओलम्पिक भिलेजमा खेलाडीको मस्तीका लागि अहिले सम्मको राम्रो व्यवस्था गरिएको समाचार पनि प्रकाशित भएको थियो |
निक्कै नै चर्चा गरिएको यो ओलम्पिक को उद्घाटन समारोहको बारेमा गोप्य उद्घाटन नहुन्जेल समारोहमा के के हुन्छ भन्ने कुराहरु गोप्य राख्न भनिएको थियो |
ओलम्पिक उद्घाटन संसार भरका करिब ५ अरब मानिसहरुले हेर्ने अनुमान गरिएको छ |

0 comments:
Post a Comment