
हो यस्तै एक अचम्म अनि पत्याउनै नसकिने घटना ब्राजिलमा घटेको भनेर समाचार आएको छ । समाचारमा जनाइए अनुसार त्यहाँ एक व्यक्तिले सर्जरी गरि आफ्नो अनुहार कुकुरको जस्तो बनाएका छन् । उनि बिस्वकै पहिलो डगम्यान अर्थात् कुकुरमान्छे बनेका छन् ।
निक्कै नै धनि उनलाई कुकुर निक्कै नै मन पर्दथ्यो र उनले आफ्नो अनुहार कुकुरको जस्तो भइ दिए हुन्थ्यो भन्ने सोच्ने गर्दथे । त्यसैले उनले निक्कै नै महँगो प्लास्टिक सर्जरी गरि आफ्नो अनहार कुकुरको जस्तो बनाएका हुन् ।
उनले आफु अरु भन्दा भिन्न देखिनको लागि यस्तो हत्कण्डा मच्चाएको बताएका छन् । इन्टरनेटमा उक्त व्यक्तिको कुकुरको अनुहार बनाएको तस्बिर र सो भन्दा अगाडिको तस्बिर दुवै सार्बजनिक भएको छ । तर धेरै मानिसले यस समाचारको सत्यता प्रति नै शंका गरेका छन ।
सोसल मिडियामा पनि यस समाचारको बारेमा निक्कै नै चर्चा चलिरहेको छ । सर्जरी गरेर कुकुरको अनुहार बनाउने व्यक्तिको तस्बिर सार्बजनिक गरे पनि कुनै पनि मिडियाले नाम भने सार्बजनिक गरेका छैनन ।
सर्जरीको भिडियो भन्दै प्रकाशित भएका केहि भिडियोहरु यु ट्युबमा पनि भेट्न सकिन्छ, जुन यहाँ तल पनि हेर्न सकिन्छ ।