
पत्रपत्रिकामा छाप्नु भन्दा इन्टरनेट र मोबाइलबाट नै परिक्षाफल थाहा पाउन छिटो र सजिलो र पत्रिकामा छाप्दा कार्यालयलाई अतिरिक्त भार पर्ने भएकोले यो बर्ष देखि शुल्क तिरेर पत्रिकामा परिक्षाफल प्रकाशन नगर्ने निर्णय भएको उपनियन्त्रक प्रल्हाद अर्यालले बताए ।
परिक्षा नियन्त्रण कार्यालयले यो बर्ष आफ्नो वेबसाइटको आकार बढाउदै विभिन्न सात भन्दा बढी वेबसाइट अनि मोबाइल बाट एसएमएसबाट तत्कालै परिक्षाफल जान्न सकिने व्यवस्था गरिएको बताएको छ ।
यसरि पत्रिकामा शुल्क तिरेर परिक्षाफल प्रकाशन नगर्दा कार्यालयलाइ झन्डै ३० लाख आर्थिक भार कम हुने उपनियन्त्रक अर्याल बताउनु हुन्छ ।
तर पत्रपत्रिकाले स्वेच्छाले भने परिक्षा प्रकाशन गर्न भने सक्नेछन ।
प नि का ले एक हप्ता भित्रै परिक्षाफल प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ ।
0 comments:
Post a Comment