
६६ बर्षको उमेरमा कुनै पुरुषलाई पुरुष होइन महिला भन्ने कुरा थाहा पाउदा कस्तो होला ?
हङकङमा एक यस्तै अचम्मको घटना बाहिर आएको छ । ६६ बर्षीय एक पुरुषको पेट दुखेपछि उपचारको लागि अस्पताल जादा उनलाई आफु पुरुष नभई महिला भएको थाहा पाएका थिए ।
चिकित्सकले उक्त व्यक्तिको पेटमा जांच गर्दा अण्डासय भेटिएको थियो । यहि अण्डासयमा भएको सिस्ट (तरल पदार्थ भरिएको थैली जस्तो) को कारणले उनको पेटमा दुखाइ बढेको थियो ।
यो घटना हङकङको मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको थियो । साउथ चाइना मर्निगले एक चिकित्सकले लाइ हवाला दिदै लेखेको छ वास्तबमा उनि महिला हुन् जो गर्भवती हुन् सक्दिनन तर उनमा जन्मजात नै कांजेनिटल एड्रिनल हाइपरप्लैसिया (सीएएच) छ जसको कारण उनि पुरुष जस्तो देखिन्छन् ।
यसको करणले गर्दा उनको शरीरमा पुरुष हर्मोन पर्याप्त रुपमा बनेको छ । चिकित्सकले यस्तो घटना अत्यन्तै दुर्लभ हुने बताएका छन् जहाँ पुरुष र महिलाको हर्मोन दुवै एउटै शरिमा मिश्रण हुन्छन ।
रिपोर्टमा उल्लेख भए अनुसार उक्त व्यक्तिको लम्बाई १.३७ मिटर (४ फूट ५ इन्च ) रहेको छ । अहिले सम्म चिकित्सा पुरुष र महिलाको यसरि मिश्रण भएको ६ वटा समस्या मात्र प्रकाशमा आएको समाचारमा उल्लेख छ । तर यो समस्या भने अन्यको तुलनामा धेरै नै ढिलो थाहा भएको हो ।
Doctors tell man he's actually a woman
0 comments:
Post a Comment