
आज दिउसो ४ बजे देखि लागेको आगो निभाउन ४ वटा दमकलले प्रयास गरिरहेको महानगरीय प्रहरी प्रभाग लैनचौरका प्रहरी हवल्दार शिव काफ्लेले बताउनु भएको छ ।
लाजिम्पाटमा रहेको सांग्रीला होटल भित्रको क्यासिनोमा लागेको आगो विद्युत सर्ट भएको लागेको हुन सक्ने अनुमान गरिएको छ ।
तर घटनाको वास्तविक कारण भने अहिले सम्म खुल्न सकेक छैन ।
आगो अझै पनि नियन्त्रणमा आइनसकेकोले के कति क्षति भयो भन्ने बारेमा थाहा हुन सकेको छैन ।
0 comments:
Post a Comment