
दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ भने अन्य ३५ घाइते भएका छन् ।
कालिकोटबाट सुर्खेत जादै गरेको ना ३ ख ४७३८ नम्वरको बस दैलेखको नेपा गाविस सियाला भन्ने स्थानमा दुर्घटना भएको थियो ।
मृतकहरु को को हुन् भन्ने बारे अहिले सम्म थाहा भएको छैन । घाइतेहरुको भने क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
घटनाको बारेमा विवरण लिन प्रहरीको टोलीले बस सडक देखि डेड सय मिटर तल खसेको बताएको छ ।
प्रहरीका अनुसार पानि परेकोले बाटो चिप्लो भएकोले दुर्घटना भएको हो ।
0 comments:
Post a Comment