सामसुङले ल्यायो पानी र धुलोले असर नगर्ने स्मार्ट फोन ( तस्बिर र भिडियो सहित)

By
Advertisement
सामसुङले पानी अनि धुलोले असर नगर्ने अर्को मोबाइल सार्बजनिक गर्ने घोषणा गरेको छ ।

 ग्यालेक्सी सेरिजमा नै तयार गरिएको यो मोबाइलको नाम ग्यालेक्सी एस फोर एक्टिभ दिइएको छ ।


सोनीको पछिल्लो उत्पादन एक्सपेरिया सिरिजमा सोनीले यस्तो प्रबिधि राखेपछि निक्कै नै उक्त स्मार्ट फोन निक्कै नै लोकप्रिय भएको थियो ।

यो प्रबिधि राख्दा सोनीको स्मार्टफोन निक्कै नै लोकप्रिय भएपछि सोनीले यस प्रविधिलाई ट्याब्लेटमा पनि विस्तार गरेको थियो ।


बाहिर हिड्ने र प्राय : घर बाहिर नै रहने व्यक्तिहरुलाई यो प्रबिधि भएको फोन निक्कै नै उपयोगी हुने गर्दछ ।


सामसुङले सार्बजनिक गरेको ग्यालेक्सी एस फोर एक्टिभमा ५ इन्च को पुरै एचडी डिस्प्ले रहेको छ ।

 यो फोनमा यस्तो स्क्रिन छ जुन पन्जा लगाएर पनि चलाउन मिल्छ ।

२० जुनमा लण्डनमा सार्बजनिक गर्ने यो फोन हल्का हरियो, सुन्तले र गाढा निलो रंग सहित धेरै रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अघिल्ला ग्यालेक्सी सिरिजमा भएका सबै सुबिधाहरु जस्तै आँखाको इशाराले काम गर्ने स्मार्ट पज, नौ वटा भाषा अनुवाद गर्ने एस ट्रान्सलेटर, एस ट्राभल, हावामा हात हल्लाएर चलाउन सकिने लगायतका सुविधाहरु यो स्मार्टफोन मा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ ।


यो स्मार्ट फोनको टच स्क्रिन जुनसुकै तापक्रममा पनि काम गर्नेछ, धेरै चिसो होस् या धेरै तातो । यस फोनमा भएका विभिन्न बिसेषताले गर्दा साहसिक कार्य गर्नेहरुले पनि निर्धक्क यो फोन प्रयोग गर्न सक्नेछन

यो फोन मात्रै होइन यसका एसोसेरिज पनि पानीबाट सुरक्षित हुनेछन । कम्पनीले यो फोन किन्दा एक पानीले नबिग्रने इयरफोन पनि दिनेछ ।

यो स्मार्ट फोनमा ८ मेगपिक्सलको रियर शुटर क्यामरा पनि हुनेछ साथै शक्तिशाली एलईडी फ्लास पनि हुनेछ जसको मदतले कम प्रकाशमा पनि राम्रो तस्बिर खिच्न सकिनेछ ।


केहि समयमा नै बजारमा आउने यो फोनको बिक्रि भने अमेरिका र स्विडेनबाट सुरु हुनेछ ।





Link: samsung-galaxy-s4-new-water-and-dust-resistant-features

0 comments:

Post a Comment