फेसबुकमा डरलाग्दो भाइरस, बैंक खाता खालि गरिदिन सक्ने

By
Advertisement
फेसबुकमा डरलाग्दो भाइरस आक्रमण भएको छ. केहि चर्चित पेजलाई लक्षित गरेर तयार गरेको उक्त भाइरस फेसबुकका कुना कुनामा फैलि सकेको अनुमान गरिएको छ.

नक्कली फेसबुक एकाउन्ट बनाइ यूएस नेशनल फूटबल जस्ता चर्चित ब्रान्डहरुका पेजमा खतरनाक लिंक पोस्ट गरेर यो भाइरस फेसबुकमा फैलाएको थियो.

यो भाइरसलाइ रसियन बिजनेश नेटवर्क नामको अनलाइन क्रिमिनल समुहले कन्ट्रोल गरिरहेको अनुमान गरिएको छ. यो समुहलाई इन्टरनेट मार्फत सुचना चोरी गर्ने गरेको आरोप छ.

सेक्युरिटी विशेसज्ञ ट्रेन्ड माइक्रोले यो भाइरस पत्ता लगाएको हो. ट्रेन्ड माइक्रोको अनुसार यो खतरनाक लिंक ब्रिंग द एन एफ एल तो लस एन्जेलिस ('Bring the N.F.L to Los Angeles') पेजको लागि तयार गरिएको थियो. यो पेजमा यस्तो खतरनाक भाइरस आक्रमण भएको थाह पाएपछि यो पेज नै हटाइएको थियो.

ट्रेन्ड माइक्रोले यो भाइरस अन्य पेजमा पनि कुनै पनि लिंक मार्फत लुकेर रहेको हुन सक्ने वा गल्तीले फेसबुक प्रयोगकर्ताहरुले यसलाई सेयर गरेको हुनसक्ने बताएको छ.

जब कुनै पनि फेसबुक प्रयोगकर्ताले यो लिंकमा क्लिक गर्छन तब यो टोर्जन ( Torjan) तुरुन्तै उसको कम्प्युटरमा इन्स्टल हुन्छ र पछि यो भाइरस प्रयोगकर्ताको निजि फाईल अनि जानकारीहरु चोर्ने गर्दछ.

यसले प्रयोगकर्ताको युजरनेम पासवोर्ड पनि पता लगाउन सक्नेछ चाहे प्रयोगकर्ताको कम्प्युटरमा युजरनेम पासवोर्ड सेभ होस् अथवा नहोस . यसले किस्ट्रोक लगिंगको प्रयोग गरि युजरनेम र पासवोर्ड पत्ता लगाउने काम गर्दछ.

किस्ट्रोक लगिंगलाइ किलगको नाम पनि दिइएको छ, जसले थिचेका सबै किबोर्डका पुरै रेकर्ड राख्ने गर्दछ. यो भाइरस अन्य भाइरस भन्दा निक्कै नै चलाख रहेको छ. यो भाइरस जब सम्म आफ्नो काम हुन्न तब सम्म चुप लगेर बस्छ र सहि समय पर्खिरहन्छ.

इन्टरनेट बैंकिंगलाइ लक्षित गरेर तयार पारिएको यो भाइरसले जब सम्म प्रयोगकर्ताले बैंक वा अन्य लगइन डिटेलको प्रयोग गर्दैन तब सम्म यसले पर्खिरहन्छ, जब प्रयोग कर्ताले इन्टरनेट मा बैंक अथवा अन्यको लगइन डिटेल प्रयोग गर्छ, अनि यसले सबै डिटेल चोर्ने गर्दछ .


बैंक खाता बाट रकम झिक्नको लागि तयार गरेको यो भाइरसको नेपालको बैंकिंगमा यसको खासै असर नपरे पनि लग इन डिटेल भने यसले लैजान सक्छ. नेपालमा बैंक अन्तरास्ट्रिय स्तरमा कारोबार नगर्ने भएकाले खासै डर मान्नु पर्ने देखिदैन. तर अन्य देशमा बस्नेहरु जो अनलाइन बाट बैंकिंग कारोबार गर्ने गर्दछन उनीहरु भने निक्कै नै होसियार हुनु पर्ने देखिन्छ.

यो भाइरसको असरबाट बच्नको लागि फेसबुकमा देखिएका आकर्षक अनि अचम्मका लिंकहरु क्लिक नगर्नु नै राम्रो हुन्छ. त्यस्तै कम्प्युटरमा एन्टीभाइरस ( इन्टरनेट सेक्युरिटी भएको )राख्नु पर्दछ र एन्टीभाइरसलाइ अपडेट गरिरहनु पर्दछ अर्थात् एन्टीभाइरस अप टू डेट हुनु पर्दछ .


Link: new-dangerous-virus-on-facebook-could-steal-your-bank-account

0 comments:

Post a Comment