सबै भन्दा जेठा व्यक्तिको मृत्यु

By
Advertisement

विश्वका सबै भन्दा जेठा व्यक्तिको मृत्यु भएको छ ।

अहिले सम्म सबै भन्दा धेरै बाचेका व्यक्ति हुन्, जापानका जिरोईमोन किमुरा ।

किमुराको पश्चिमी जापानमा पर्ने क्योटोको क्योटाङ्गोमा रहेको अस्पतालमा १ सय १६ बर्षको उमेरमा निधन भएको हो ।

जापान सरकारले उनको मृत्यको कारण प्राकृतिक ( साधारण मृत्यु) भएको जनाएको छ ।

किमुराको नाम गिनिज वल्र्ड रेकर्डमा गत डिसेम्बरमा दर्ता भएको थियो । सन् १८९७ अप्रिल १९ मा जन्मेका किमुराको ७ जना छोराछोरी सहित चार पुस्ताका गरी ५३ जना सन्तान भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

English Summery: World's oldest person and oldest man ever dies in Japan at age 116

0 comments:

Post a Comment