५० रुपैयाको लागि पूर्वराजा माथि चप्पल प्रहार

By
Advertisement
पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याकेको तथा ढुंगामुढा गरेको आरोपमा केहि व्यक्तिहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एक बालक पनि रहेका छन्, पक्राउ परेका उक्त बालकले ५० रुपैया दिएकोले आफुले राजा माथि चप्पल फ्याकेको प्रहरीलाई बताएका छन् ।

१४ बर्षीय ति किशोरलाइ पूर्वराजामाथि चप्पल फ्याक्नको लागि ५० रुपैया दिइएको र होटलमा खानको ब्यबस्था पनि गरेको प्रहरीले बताएको छ, अन्नपुर्ण पोस्टमा खबर छ ।

धेरै सानो भएकोले नाम सार्बजनिक नगरिएको पनि समाचारमा जनाइएको छ । घटना संलग्न व्यक्तिहरुको बारेमा बिशेष जानकारी पाइसकेको प्रहरीले जनाएको छ ।

पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि राजविराजमा केहि व्यक्तिले चप्पल र ढुंगा प्रहार गरेका थिए भने पुबराजाको स्वागतको लागि बनाइएको स्वागत द्वार पनि भत्काएका थिए ।

पुर्बराजाको यो भ्रमणलाइ केहि व्यक्ति तथा संगठनले बिरोध गरिरहेका छन् तर पनि पुर्बा राजाको स्वागतको लागि धेरै मानिसहरुको उपस्थिति भएको र भ्रमण निक्कै नै राम्रो भएको केहि पत्रिकामा समाचार छन् ।

0 comments:

Post a Comment