ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ

By
Advertisement
सायद चलचित्र सफल भएपछि सोहि युनिटले तयार पारेको नया सिनेमा होस्टेलका केहि सम्बाद हरु फेसबुक मा निक्कै चर्चित हुन थालेका छन् ।


फेसबुकमा छ्यापछ्याप्ती भेटिने यस्ता सम्बादलाइ केहिले रिमिक्स पनि गरेका छन् ।

चलचित्र होस्टेलको प्रोमोमा "केटि भनेको नि क्युट हुनु पर्छ क्या, हट त उसिनेको आलु पनि हुन्छ " भन्ने सम्बाद अहिले निक्कै चर्चामा रहेको छ ।

चलचित्रमा प्रयोग गरिएका यस्ता सम्बादलाइ यसरि रिमिक्स गरि फेसबुक मा पोस्ट गरिएको देखिन्छ,

"केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ "" केटी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ" जस्ता स्ट्याटस फेसबुकमा अहिले धेरैले लेखेको देखिन्छ ।
यस्तै स्ट्याटस र कमेन्ट लेख्नेहरुको हिजो आज फेसबुकमा कमि छैन ।

मौका पर्ने बित्तिकै "छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।" " ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।" जस्ता कमेन्टहरु लेखिएका देखिन्छन् ।
"खालि पोस्टमा त जसले पनि गोल हान्न सक्छ बुझिस जसले गोलकिपर भएको पोस्टमा गोल हान्छ नि त्यहि नै हो..." होस्टेलमा प्रयोग गरिएको अर्को सम्बाद हो ।

हलमा आउनु भन्दै धेरै अघि देखि नै यसरि होस्टेलको सम्बाद चर्चित हुदा निक्कै खुसि लागेको चलचित्र होस्टेलका निर्माता सुनिल रावल बताउछन ।

सम्बाद नै दर्शकलाई मन परेकोले पक्कै पनि यसले राम्रो ब्यापार गर्ने रावलको बिस्वाश छ । भदौ १४ गते बाट प्रदर्शन हुन लागेको होस्टेलको प्रोमो भने यस्तो छ ।


0 comments:

Post a Comment