यस्तो छ उड्ने साइकल ( फोटो र भिडियो सहित)

By
Advertisement
तपाइले अहिले सम्म धेरै थरिका साइकल देख्नु भएको होला ।

 अहिले नेपालमा त झन् ब्याट्री बाट चल्ने साइकलको निक्कै नै चर्चा छ, प्रयोग पनि निक्कै नै छ ।

तर तपाइले उड्ने साइकल भने देख्नु भएको छैन होला । अचम्म मान्नु होला सुन्दा अनि साइकल पनि उड्न सक्छ भनेर ।


तर यो कुरालाई सिद्द गरेका छन् चेकका इन्जिनियरहरुले । चेकको राजधानी प्रागमा बुधबार उड्ने साइकलको सफलता पुर्बक परिक्षण गरिएको छ ।

संचारकर्मी तथा आम मानिसहरुको बीच बुधबार यसको डेमो प्रदर्शन गरिएको थियो । यसमा साइकल उडेको देखेर धेरै मानिसहरु अचम्मित भएका थिए ।

उक्त उक्त उडानमा रिमोट कन्ट्रोलको प्रयोग गरिएको थियो । रिमोटको सहायताबाट साइकललाई करिब ५ मिनेट उडाईएको थियो र सुरक्षित अवतरण गराइएको थियो ।

यो साइकल को तौल ९५ केजी रहेको छ । यसमा २ वटा ब्याट्रीको प्रयोग गरिएको छ ।


हेर्नुहोस भिडियो


Link: flying-bike

0 comments:

Post a Comment