सोलुखुम्बुको सल्लेरीबाट घुर्मिको लागि छुटेको एक जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।बा १० च ३४०१ नम्बरको जीप ओखलढुंगाको केत्तुमा दुर्घटना भएको थियो ।
जीप केत्तुके ३ भुसिने जंगलमा सडकबाट ८ सय मिटर तल खस्दा अन्य १३ जना घाइते पनि भएका छन् ।
दुर्घटनामा परि दोलखा घ्यापूका ५ बर्षिय रोशन खड्का, सिरहा अर्नाका बिन्देश्वरप्रसाद सिंहको मृत्यु भएको छन् भने अर्का एक मृतकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना हुँदा भएका घाइतेहरुको भने सामुदायीक अस्पतालमा उपचार भैरहेको जानकारी आएको छ ।

0 comments:
Post a Comment