
कोरियाली फोन निर्माता सामसङले स्मार्ट फोन सस्तोमा ल्याई एप्पलको बजार हिस्सा पनि लिए पछि एप्पलले पनि सस्तो मूल्यका फोन सार्बजनिक गर्ने निधो गरेको छ ।
सामसङले जस्तै एप्पलले पनि अब विभिन्न फरक रंगमा र सस्तो मुल्यमा बजारमा आइफोन ५ ल्याउने भएको छ ।
एप्पलले ल्याउन ल्याउन लागेको सस्तो आइफोन 5 को नाम भने आइफोन मिनी(iPhone Mini) राखेको छ ।
एप्पलले मेटल कभर राखेको हुनाले फोन महँगो भएको भन्दै अब ल्याउने सस्तो फोन सेटमा भने प्लास्टिक कभर राख्ने भएको छ । iPhone Mini मा आइओएस ६ नै रहने छ भने यो फोन White, black, pink र blue कलरमा उपलब्ध हुनेछ ।
Cnet को अनुसार नया आइफोन को मूल्य ९९ डलर करीब ९ हजार ५०० नेपाली हुनेछ तर केहिले भने ४०० डलर हुने बताएका छन् । एप्पलले iPhone Mini कहिले सार्बजनिक गर्ने भन्ने मिति नतोके पनि धेरैले यो फोन September मा सार्बजनिक हुने बताइरहेका छन् ।
यो फोन बजारमा आएपछि यसले निक्कै तहल्का मच्चाउने देखिन्छ ।

Link: apple-going-to-release-iphone-mini
0 comments:
Post a Comment