गायक यम बराल पक्राउ

By
Advertisement


गायक यम बराल जुवा खेलेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले बराललाई शुक्रबार बिहान मल्ल होटलको क्यासिनोमा जुवा खेलिरहेको अबस्थामा पक्राउ गरेका हुन् ।

लैनचौर स्थित मल्ल क्यासिनोमा अनुगमन गर्न जाँदा प्रहरीले बराललाई पक्राउ गरेको थियो ।

गायक बराललाई केहि समय दरबार मार्ग प्रहरी कार्यालयमा राखिएको र त्यसपछि हनुमानढोकातर्फ लगिएको छ ।

क्यासिनोमा नेपालीलाई प्रवेश निसेध गरिएको भए पनि नियमित अनुगमन नहुदा नेपालीहरुले पनि क्यासिनोमा प्रवेश गरिरहेका हुन्छन ।

 प्राय: क्यासिनोहरुमा बिदेशी भन्दा नेपाली जुवाडे नै बढी भेटिन्छन र एनी नेपालीका जुवादेका भरमा टिक्छन अधिकांस क्यासिनोहरु ।

सरकारले क्यासिनोमा नेपालीको प्रवेश रोक लगाए पनि प्रहरी र मालिकको मिलोमतोको कारण प्रहरीले अनुगमन गरे जस्तो गरे पनि भित्र नेपाली जुवा खेलिरहेको थाहा पाए पनि आँखा चिम्लिरहेका हुन्छन ।

क्यासिनोमा नेपाली बाहेक चिनिया र भारतीय ग्राहक बढी आउछन तर यी बिदेशिले मात्र क्यासिनो धन्न नसक्दा नेपालीहरुलाई पनि लुकाई छिपाई खेलाउनु पर्ने क्यासिनोको बाध्यता छ ।

केहि समय देखि क्यासिनोमा जुवा खेल्नमा प्रवेश रोक्न कडाइ गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिरहेको छ ।

पहिले पहिले जुवा खेल्ने नेपाली मात्र पक्राउ गर्ने ब्यबस्था भए पनि अहिले भने ब्यबस्थापक र नेपाली ग्राहक दुबैलाई पक्राउ गर्न थालिएको छ ।


Link: singer-yam-baral

0 comments:

Post a Comment