बिद्यार्थीलाई रासन कार्ड, ग्यास तथा पेट्रोलियम पदार्थ छुट

By
Advertisement
प्रधानमन्त्रि -बाबुराम भट्टराईले ग्यास र पेट्रोलियम पर्दाथमा बिद्यार्थीहरुलाई ३३% छुट दिने बताएका छन् |

अनेरास्ववियु (क्रान्तिकारी), संयुक्त लोकतान्त्रिक मधेसी मोर्चानिकट विद्यार्थी सङ्गठन, नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन तथा नेपाल विद्यार्थी परिवारलगायत आठ विद्यार्थी सङ्गठनको संयुक्त ज्ञापनपत्र बुझ्दै प्रधान मन्त्री डा भट्टराईले विद्यार्थीसँग सरकारले गरेका पूर्वसहमति चाँडै कार्यान्वयन गर्ने आश्वासन दिएका हुन् ।

सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको बिरोधमा बिद्यार्थी संगठनहरु भदौ १९ गते देखि आन्दोलनमा गर्दै आइरहेका छन् | आज सनिबार पनि उनीहरुले बिरोधका कार्यक्रम भने जारी राखेका छन् भने भोलि २४ गते गर्ने भनिएको बन्द भने फिर्ता लिएका छन् |

यो भन्दा अगाडी पनि प्रधानमन्त्रीले ग्यासमा बिद्यार्थीहरुलाई छुट दिने भने पनि सो निर्णय कार्यान्वयन हुन सकेको छैन |

0 comments:

Post a Comment