
सप्तरी, बथनाह- ७ बस्ने चन्द्रेश्वर राउतले भाडाका गुन्डा लगाई आफ्नै १७ वर्षीया छोरीको हत्या गरेका हुन् ।
आफ्नै छोरी रुबीको हत्या गर्नको लागि उनले गुन्डालाई १० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रुबीको हत्या पछि अनुसन्धानको क्रममा नै प्रहरीले बाबु राउतलाई गिरफ्तार गरेको थियो तर त्यसको १० दिनपछि मात्र प्रहरीले राउतले नै छोरीको हत्या गरेको जनाएको हो ।
छोरी रुबीको हत्या गर्न बाबु राउतले कोइलाडी वरसाइन बस्ने मोहन साहुलाई १० हजार दिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
हत्या गर्नको लागि प्लान बनेका राउतले छोरीलाई भारतको बिहार स्थित दरभंगास्थित फुपूको घरबाट सप्तरीको रम्पुरा मल्हनियास्थित मामाघर ल्याएर २ दिन सम्म राखेका थिए ।
२ दिन सम्म मामाघर राखेपछि हत्याको तयारी गरि उनले छोरीलाई घर जानु भनि अपरिचित व्यक्ति संग पठाएका थिए । मामाघर बाट हिडेको केहि समया पछि नै रुबिको हत्या भएको थियो ।
रुबिको घाती रेटेर हत्या गरेपछि उनको शरिर कोइलाडी–९ स्थित नहरछेउ ल्याएर आगोले जलाएर फालेको प्रहरीले जनाएको छ । जेठ ८ गते उनको लास भेटिदा शरीरको अधिकांश भाग जलेको अबस्थामा भेटिएको थियो ।
हत्याको खबर पाउने बित्तिकै अनुसन्धानकै क्रममा प्रहरीले हत्यारा बाबु नै हुन सक्ने आशंका गरि राउतलाई पक्राउ गरेको थियो । पक्राउ पछि राउतले आफ्नो छोरी तल्लो जातको केटासंग भएकोले हत्या गर्न लगाएको प्रहरीलाई बयान दिएका थिए ।
स्थानीय बजरंगी निमाविमा कक्षा आठमा पढ्दै गरेकी रूबी गत चैतमा छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसँग भागेकी थिइन् ।
राउतको बायाँ कै आधारमा हत्यामा संलग्न भएको भन्दै वरसाइनका मोहन साहलाई पक्राउ गरेको छ भने अर्को एक आरोपी भने फरार रहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment