
यो घटना चेक गणतन्त्रमा पहिलोपटक घटेको स्थानीय अधिकारीले बताएका छन् । तर उनले सामान्य तबरले बच्चाहरु जन्माएकी भने होइनन । चिकित्सकहरुले अपरेशन गरि उनको बच्चा निकालेका थिए ।
चिकित्सकहरुका अनुसार उनको प्रसवमा खासै कुनै ठुलो समस्या नआएको बताएका छन् ।
बच्चा र आमाको अबस्था राम्रो रहे पनि उनीहरुलाई अहिले आईसीयूमा राखिएको छ ।
चेक गणतन्त्र राजधानी प्रागबाट २० किलोमिटर नजिकको मिलोविक शहरमा बस्ने अलेक्जेन्ड्रा र एन्टोनिन क्रोससेन दम्पत्ति भर्खरै जन्मिएका छोराको नाम डेनियल, माइकल, अलेक्स र मार्टिन राखेका छन् भने छोरीको नाम भने टेरेजका राखेका छन् ।
आफुलाई सुरुमा जुम्ल्याहा सन्तान होला भन्ने लागेको भए पनि मार्चमा डाक्टरले ४ बच्चा भएको बताएको र अप्रिलमा ५ सन्तान छन भनेको अलेक्जेन्ड्रा बताउछन । यत्तिकै धेरै सन्तान कसरि सम्हाल्ने भन्ने पिर परेको अलेक्जेन्ड्रा बताउछन ।




Link : Czech-woman-gives-birth-to-quintuplets
0 comments:
Post a Comment