
गत सोमबार राति ११ बजे उनको शव मुम्बईको जुहू स्थित अपार्टमेन्टमा पंखामा झुन्डिएको अबस्थामा भेटिएको थियो ।
केहि दिन देखि निक्कै तनाबमा रहेकी जियाले ट्विटरमा पनि अलबिदा लेखेकी केहि संचारमाध्यमले जनाएका छन् ।
त्यसैले उनले आत्महत्या नै गरेको हो भन्न सकिने अवस्था छ तर झुन्डिएको ठाउ वरिपरी आत्महत्याको बारेमा उनले केहि पनि लेखेको नभेटिए पछि प्रहरीले भने आत्महत्या हो कि हत्या भन्ने बारे केहि बताउन नसकिने बताएको छ ।
बलिउडकी निक्कै चर्चामा आइसकेकी यी २५ बर्षीय नायीका जिया खानले "निशब्द" चलचित्रमा अमिताभ बच्चन संग काम गरेकी थिइन् भने 'हाउसफूल'मा अक्षयकुमार संग 'गजिनि'मा आमिरसंग पनि काम गरेकी थिइन् ।
बलिउडमा छुट्टै पहिचान बनाएकी जिया खान को वास्तविक नाम भने नाफिसा खान हो । उनि आमा संग मुम्बईको एक घरमा पछिल्लो तिन बर्ष देखि बस्दै आएकी थिइन् । तर उनले आत्महत्या गरेको दिन सोमबार उनको आमा पनि घर बाहिर रहेकी थिइन् ।
आम घरमा आएर हेर्दा उनि जियालाई पंखामा झुण्डिएकि देखिन र तुरुन्त उनलाई हस्पिटल लगेकी थिइन् तर चिकित्सकहरुले जियालाई मृत घोषणा गरिदिए । अहिले जियाको शबलाइ पोस्टमार्टमको लागि लागिएको छ । उनको घर बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Link: Bollywood actress Jiah Khan hangs herself
0 comments:
Post a Comment