बसमा आगो लाग्दा ४२ को मृत्यु

By
Advertisement
चीनको दक्षिण-पूर्वी भागमा एक यात्री बसमा आगलागी भएको छ.

बसमा लागेको आगोमा परि कम्तिमा पनि ४२ जनाको मृत्य भएको छ भने अन्य ३३ जना जलेर गम्भीर घाइते भएका छन्.

यो घटना फुजैन प्रान्तमा भएको समाचारमा उल्लेख छ. एक स्थानीय अधिकारीको अनुसार जियामें सहरमा उक्त बसमा आगो लागेको थियो.

चिनिया सरकारी समाचार एजेन्सी शिन्हुआले जनाएअनुसार बसमा आगो लाग्दा बस जिनशान बस स्टप भन्दा करिब ५०० मिटर पर थियो.


केहि प्रत्यक्षदर्शीले बसमा आगो लागेको केहि समयमा नै निक्कै ठुलो बिष्फोट को आवाज सुनेको बताएका छन् .

आगोले जलेर सामान्य घाइते भएकी एक यात्री यांगले पेट्रोलको गन्ध आएकोले हेर्दा अन्य मनिसहरु बाहिर जान सकियोस झ्यालका शिसाहरु तोडिरहेका देखेको बताइन . उनले बसमा एक्कासी आगो लागेको बताएकी छिन्. अहिले बसमा के कारणले आगो लाग्यो भन्ने कुराको अनुसन्धान भैरहेको छ.

0 comments:

Post a Comment