
यो वर्षको मिस वर्ल्ड सेप्टेम्बरमा इन्डोनेसियामा आयोजना हुदै छ.
इन्डोनेशिया मुस्लिम देश भएको र सुन्दरीहरुले बिकीनि लगाएर प्रस्तुत हुदा त्यहा धेरै नै बिरोध हुने भएकोले आयोजकले बिकिनी राउण्ड नै नराख्ने निर्णय गरेको हो.
मुस्लिम कट्टरपन्थीले चर्को बिरोध गरेको कारणले नै आयोजकले यस पटकको ‘मिस वल्र्ड’ प्रतियोगितामा बिकिनी राउण्ड हटाएको अनुमान गरिएको छ.
उक्त बिकिनी राउण्डको स्थानमा सुन्दरीहरु पारम्परिक भेषभुषामा देखिने आयोजकले जनाएको छ.
६३ संस्करणको यसपटकको मिस वर्ल्ड प्रतियोगितामा १ सय ३० देशबाट सुन्दरीहरुले भाग लिने छन्.
नेपालको तर्फबाट मिस नेपाल २०१३ कि इशानी श्रेष्ठले मिस वर्ल्डमा सहभागिता जनाउन जादै छिन.
इन्डोनेसियाको कट्टरपन्थी बिरोध र बिकिनी राउण्ड हटाईएको कारणले यो बर्ष मिस वर्ल्डको अहिले देखि नै धेरै चर्चा हुन थालेको छ.
Link:Miss World bikini ban
0 comments:
Post a Comment