सरकार समक्ष ४० सुत्रीय माग राख्दा सरकारले पुरा गर्न नसकेपछि जन्मिएको माओबादी पछि नेपालमा थुप्रै माओबादी जन्मिएका छन् |
फेरी अर्को माओबादीको जन्म भएको समाचार प्रकाशमा आएको छ । नेपाल संघीयता यूवा कम्युनिष्ट पार्टी माओवादी नाम दिएर गठन भएको नया माओबादीका संयोजक आविश्कारले अहिलेको गणतन्त्रलाई नक्कली गणतन्त्र को संज्ञा दिएका छन् ।
१० बर्ष सम्म लडेर शान्ति प्रक्रियामा आए पछि माओबादी चिरा चिरा हुन थालेपछि नागरिकमा अन्योल बढेको भन्दै नया पार्टी गठन गर्नु परेको आविश्कारको भनाई छ ।
नेपाल संघीयता यूवा कम्युनिष्ट पार्टी माओवादीद्वारा निकालेको विज्ञप्तिमा हाल भैरहेको सरकार बिघटन गरि दलहरुकै नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने,संबिधान सभाको निर्वाचनको मिति तत्काल घोषणा गर्नु पर्ने, अवकाश लिएर घर फर्किएका माओवादीका पूर्व लडाकूलाई रोजगारको व्यवस्था गर्नु पर्ने मागहरु राख्दै माग पुरा नभए जनकारवाही गर्ने चेतावनी दिएको छ ।
अब बन्ने संबिधानमा दलित, महिला, जनजाति आदिवासी, मधेसीलगायतको सवै बर्गको प्रतिनिधित्व हुनु पर्ने पनि नव गठित माओबादीले माग गरेको छ ।
फेरी अर्को माओबादी जन्मियो

Like This Post? Please share!

Subscribe through email and get Free updates
You May Also Like...
- सुनको मुल्यमा भारि गिरावट
- बिहिबार सुनको भाउ लाग्यो ओरालो
- अचम्मित पार्ने गरि आकासियो सुनको भाउ
- बेलबारीमा सामुहिक बलात्कारको घटना सार्बजनिक
- फेरी आकासियो सुनको भाउ : Gold Price
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- बुधबार पनि घट्यो सुनको भाउ
- मंगलबार घट्यो सुनको भाउ
- र्याफ्टिङ का क्रममा नायक राजेश हमाल बागमतीमा खसे ...
- कस्तो भाग्य रैछ यी बालकको, जन्म दिने आमा देखि कर्म दिन्छु भन्ने सबैले छोडे
0 comments:
Post a Comment