
परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशन हुन ढिलोमा पनि असारको पहिलो हप्ता भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।
उत्तर पुस्तिकाको परिक्षण सकिएपछि अहिले सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले बताउनु भएको छ ।
अहिले सम्म २ वटा केन्द्रको मात्रै उत्तरपुस्तिका कार्यालयमा आउन बाकी रहेको र अरु सबै उत्तरपुस्तिका परिक्षा नियन्त्रण कार्यालयमा आइसकेकोले नतिजा सार्बजनिक गर्न तिब्र रुपमा काम भैरहेको पनि बरालले जानकारी दिनु भएको छ ।
बरालका अनुसार कुनै पनि टेक्निकल समस्या नआए असारको पहिलो साता सम्म परिक्षाफल प्रकाशित हुने छ । गत चैतमा भएको एस एल सी परिक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेड तर्फ १ लाख ६८ जना सहित ५ लाख ४७ हजार ६५ बिद्यार्थी सहभागी भएका थिए ।
यो बर्षको परिक्षाफल पनि गत बर्ष झैँ www.freesansar.net मा हेर्न पाइने छ ।
Link: Slc-Result-on-asar-1st-week
0 comments:
Post a Comment