
भारतीय आयलनिगमले पछिलो पटक ( जुन १ देखि लागु हुने गरि ) मा पठाएको पेट्रोलियम पदार्थको नया मूल्य सुचीमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नया मूल्य सुची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैया ३० पैसा, मट्टीतेलमा प्रतिलिटर १६ रुपैयाँ ८ पैसा, हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर २७ रुपैयाँ ३० पैसा र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ३२ रुपैयाँ ३ पैसा नाफा हुने भए पनि खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३ सय ६३ रुपैयाँ ८४ पैसा र डिजेलमा प्रतिलिटर निगमलाई ५८ पैसा घाटा हुँदा निगमलाई मासिक ३ करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।
निगमले अनुमान गरे अनुसार निगमलाई मासिक रुपमा खाना पकाउने एल.पी. ग्यासमा ५० करोड १४ लाख रुपैयाँ,डिजेलमा ३ करोड १४ लाख रुपैयाँ घाटा हुने छ भने मटि्टतेलमा ४ करोड ८३ लाख रुपैयाँ, हवाई इन्धन आन्तरिक उडानतर्फ ८ करोड १९ लाख रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ २२ करोड ४२ लाख रुपैयाँ मासिक नाफा हुने छ ।
यसरि ग्यास र डिजेलमा अत्याधिक घाटा हुँदा अन्य प्रेटोलियम पदार्थबाट हुने नाफा घटाउदा पनि निगम घाटामा जाने देखिएको छ | सो घाटा पूर्ति गर्नको लागि मूल्य बढाउनु पर्ने बाध्यता आइपर्न सक्ने निगमका कर्मचारी बताउछन् ।
आयल निगमले हाल १८ हजार किलोलिटर पेट्रल, ६८ हजार किलोलिटर डिजल, ३ हजार किलोलिटर मटि्टतेलमा, १० हजार किलो लिटर हवाइ इन्धन र खाना पकाउने ग्यास मासिक १४ लाख सिलिन्डर खपत हुने बताएको छ ।
Link : Nepal-Oil-Corporation
0 comments:
Post a Comment