रेग्मीको राजीनामाको बारेमा बारले यस्तो भन्यो

By
Advertisement
नेपाल बार एसोसिएसनको कार्यकारिणी परिषदको बैठक शनिबार सम्पन्न भएको छ ।

१९ बुँदे बागलुङ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको उक्त बैठकले विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्त कायमै राख्नको लागि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनै पर्ने निष्कर्ष निकालेको छ ।

वारले संबिधान सभा निर्वाचनको मिति तत्काल घोषणा गर्नु पर्ने माग गरेको छ । रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजिनामा दिनु पर्ने कुरामा दलहरुको बिचमा पनि बिबाद बढिरहेको बेला बारले रेग्मीले राजिनामा दिएर  सर्वोच्च अदालतमा गरिएको अस्थायी न्यायाधीश नियुक्ति खारेज गरि स्थायी न्यायाधीश नियुक्ति गर्नुपर्ने माग पनि गरेको छ ।

नेपाल बार एशोसिएसनले गरेका मागहरुमा पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ति गर्दा कानुन व्यवसायीबाट पचास प्रतिशत गर्नुपर्ने तथा जिल्ला अदालतमा न्यायाधीश तत्काल नियुक्त गर्नुपर्ने, अदालतमा संचारमाध्यमको सरल पहुचको व्यवस्था गर्नु पर्ने, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी अध्यादेश संशोधन गर्नुपर्ने रहेका छन् ।

यस्तै बारले कानुन व्यवसायको विस्तार गर्न स्थानीय, अर्धन्यायिक तथा सरकारी निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न, कानुन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिन, कानुन व्यवसायी प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।

0 comments:

Post a Comment