सक्रिय हुने समय आउदै छ : पूर्व राजा ज्ञानेन्द्र

By
Advertisement
पूर्व राजा ज्ञानेन्द्र शाहले आफु सक्रिय हुने समय आइनसकेको बताएका छन् ।

तराइको जिल्लाहरु भ्रमणको क्रममा रहेका पुर्गराजले रौतहटको गौरको सिया प्यालेस होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफु प्रतिक्षामै रहेको बताएका छन् । देशलाइ राम्रो बनाउन तपाइले केहि पहल हुन्छ कि भन्ने संचारकर्मीको प्रश्नमा पुर्बराजाले भने 'त्यो समय नै आइपुगेको छैन । समय आओस्, जनताले जे भन्छ, त्यो समयमा हामीले जे गर्नुपर्छ, त्यो गरौंला ।’

पूर्वराजाले नेताहरुलाई निष्पक्ष रुपमा संविधानसभाको निर्वाचन सम्पन्न गराएर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन पनि सुझाब दिएका छन् ।


उनले निर्वाचनलाई प्रजातान्त्रिक अभ्यासको रुपमा लिनुपर्ने र निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताएका छन् । चुनाबमा सबैले भाग लिनु पर्ने बाताबरण बन्नु पर्नेमा पनि उनले जोड दिएका थिए ।

पूर्व राजाले आज गौरस्थित शिवालयमा पूजाआजा गर्नुका साथै सर्वसाधारण तथा शुभचिन्तकहरुसँग भेटघाट समेत गरेका थिए ।

संचारकर्मी संग कुरा गर्दै पूर्व राजाले सुदूरपश्चिममा आएको प्राकृतिक प्रकोपले दुःखी दुखि भएको बताउदै आफुले गरेका पूजाहरुमा सुदूरका जनताका लागि भगवानसँग प्रार्थना गरेको बताएका छन् , उनले पश्चिमको पीडाले पोलेको भन्दै उनले त्यस क्षेत्रका जनतालाई तत्काल राहत आवश्यक भएको पनि बताए ।

0 comments:

Post a Comment