
बेतनी गबिस १ कि ६५ बर्षीय इन्द्रकुमारी धमलाले आफुलाई जबर्जस्ति पत्नी बनाउन लागेको भन्दै आइतबार महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गराएकी हुन् ।
उनले छिमेकि गाबिस सल्लेई ३ का ७५ बर्षीय बृद्ध बृहस्पति बास्तोलाले जबर्जस्ति पत्नीको नाताकायम गर्न लागेको उजुरी गरेकी हुन्, नया पत्रिकामा खबर छ ।
गुठीको बैठक छ भन्दै सल्लेली ३ का स्थानीय पृथ्वीबहादुर तामाङको घरा बोलाइ बास्तोलाले जर्बरजस्ती नाताकायम गरिदिन लागेको आरोप धमलाले लगाएकी हुन् ।
महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता भएपछि आबस्यक सहयोगको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले बताइन ।
इन्द्रकुमारीको श्रीमानको केहि बर्ष अघि मृत्यु भैसकेको छ ।
0 comments:
Post a Comment