कहिले रोकिन्छ त यो अविरल बर्षा ??

By
Advertisement
मनसुन सुरु हुने बित्तिकै नेपालभर नै अविरल बर्षा भएकोले जनजीवन प्रभावित बनेको छ ।

देशका विभिन्न ठाउहरुमा आएको बाढी र पहिरोले निक्कै धन जनको क्षति गरेको छ ।

बाढी पहिरोले धेरैलाई घरबार बिहिन बनाएको छ भने दार्चुलामा सिंगो गाउ नै बगाएको छ ।

अविरल वर्षातका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पनि आज केही समय प्रभावित भएको थियो ।


तिन चार दिन अघि देखि परेको अविरल बर्षा बुधर्बर देखि भने सामान्य हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

मौसम पुर्बानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले उच्च वायुमण्डलमा पश्चिमीवायुको प्रभाव पर्न गएकाले देशका विभिन्न स्थानमा वर्षात् भएको बताएका छन् । उनका अनुसार यो वर्ष सामान्य अवस्थाभन्दा करिब चार दिनपछि ९ जुन १४ मा ) प्रवेश गरेको हो ।

सुदूरपश्चिम तथा पश्चिमी भेगमा दुई तीन दिनमा मनसुुनको गतिविधि कमजोर भई पूर्वी भेगमा वर्षा हुने र काठमाडौँ उपत्यकामा भने बुधबारदेखि नै मौसममा केही सुधार आउने मौसमविद् श्रेष्ठको भनाइ छ । तर काठमाडौँ उपत्यकाको मौसममा सुधार आएपछि पनि आकाशमा बदली भई छिटफुट वर्षा भने हुने सम्भावना रहेको छ ।

0 comments:

Post a Comment