बस दुर्घटनामा ७ को मृत्य, ४१ घाइते

By
Advertisement
पवन दुत यातायातको ना४ख ८२८५ को बस दर्घटना हुदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा ४१ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट दार्चुला गइरहेको उक्त बस दार्चुलाको गोकुलेश्वर–६ नकतडमा सडक भन्दा २ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा दार्चुला खरकडा–९ का नरसिंह धामी, भारत बलुवाकोटका मोतीराम भट्ट, महादेव भट्ट, मथुरा भट्ट, दार्चुला सर्मौली–३का गोपाल सिंह खत्री, बस मालिक कृष्णदत्त भट्ट र चालक करन साउँद रहेको नागरिक समाचारमा उल्लेख छ ।

उकालो र मोड भएका कारण बस नउक्लेपछि 'ब्याक' गरेमाथि बढाउन खोज्दा बस चिप्लो माटोमा चिप्लेर भिरमा खसेको प्रहरीले जनाएको छ ।

बसमा धेरै यात्रु भएकोले उकालोमा गाडी जान समस्या भएको ले ब्याक गरेर अगाडी बढाउन खोज्दा दुर्घटना भएको घाइते बताएका छन् ।

बसमा अधिकांश यात्रु शिक्षक सेवा आयोगको परीक्षा दिनेहरु रहेका थिए । घाइतेहरु मध्ये १३ जनाको अवस्था चिन्ताजनक रहेकोले लाई थप उपचारका लागि भारतको पिथौरागढ र धनगढी रिफर गरिएको र अन्यको घाइतेको दार्चुलाको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment