अब गूगलले बोलेरै दिन्छ तपाइको खोजीको उत्तर

By
Advertisement
यदि तपाइले कम्प्युटरमा गूगल क्रोम राख्नु भएको छ भने अब तपाइले कम्प्युटरसंग मान्छेसंग जस्तै कुराकानी गर्न सक्नु हुनेछ ।

गूगल क्रोमले नया भर्सनमा यो सुबिधा उपलब्ध गराएको छ । गूगलले केहि समय अघि देखि नै बोलेर सर्च गर्न मिल्ने सुबिधा दिएको थियो ।

अब गूगल क्रोममा गूगलबाट बोलेर सर्च गर्दा गूगल ले पनि बोलेर नै उत्तर दिने भएको छ ।



कसरि यो सुबिधाको प्रयोग गर्ने त ?


गूगल क्रोममा यो सुबिधाको प्रयोग गर्नको लागि तपाईको माइक्रोफोनले राम्रो संग काम गरेको हुनु पर्नेछ (microphone must be working properly.) ।


चित्रमा देखिए जस्तै गूगल सर्चको छेउमा रहेको माइक्रोफोनको आइकनमा क्लिक गर्नुहोस र बोल्नुहोस ।
अब तल देखिएको चित्रमा झैँ रातो माइक्रोफोन देखिनेछ त्यस पछि तपाई गूगललाइ प्रश्न गर्न सक्नु हुनेछ ।

अब तपाइले बोलेको कुरा गूगलले बुझ्न कोसिस गर्छ र नतिजा देखाउछ र केहि सेकेन्ड मै बोलेर तपाइको प्रश्नको छोटकरीमा उत्तर पनि दिन्छ ।



ध्यान राख्नु पर्ने कुरा

  • गूगलको दिएको यो सुबिधा केवल गूगल क्रोममा मात्र प्रयोग गर्न सकिन्छ । 
  • गूगलको यो सुबिधाको प्रयोग गर्न गूगल क्रोमको भर्सन भर्खरैको भर्सन वा Version 27.0.1453.93 भन्दा पछिको भर्सन हुनु पर्छ ।
  • बोल्दा अंग्रेजी भाषाको प्रयोग गर्नु पर्ने छ ।
    जस्तै : तपाइले "Who is the prime minister of Nepal?", भनेर सोध्नु भयो भने गूगलले "The prime minister of Nepal is Khil Raj Regmi." भनेर उत्तर दिनेछ ।

Now Google can talk back to you

0 comments:

Post a Comment